जेठ ०४, २०८१, शुक्रबार
               

रुमाल बोलको गीत सार्वजनिक

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । रुमाल बोलको गीत सार्वजनिक भएको छ । गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको सो गीत गायिका अन्जु पन्त र गायक तथा सर्जक कमल खनालको स्वरमा शुक्रबार सार्वजनिक भएको हो । 

गीतको म्युजिक भिडियोमा अभिनय पल शाह र गरिमा शर्माले गरेका छन् भने सो गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्ट छन् । 

यो गीतमा संगीत संयोजन कमल सौरागको रहेको छ भने स्मृति शाही र पुष्पा बोहराले गीतमा समुह गायन गरी साथ दिएका छन् । प्रिजम डिजिटलमा रेकर्ड गरिएको गीतको अडियोलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने विष्णु शर्माले  सम्पादन गरेका छन् । भिडियोमा अमर सुनारले असिस्टेन्ट कोरियोग्राफी गरेका छन् । श्याम मल्ल र अनिता ग्वाछाको श्रृंगार रहेको भिडियोलाई साई भिजनले पोस्ट प्रोडक्सन गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि