जेठ ०४, २०८१, शुक्रबार
               

अन्जु पन्तको जीवनमा आधारित गीत सार्वजनिक

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

केही दिनअघि दोस्रो विवाह गरेकी चर्चित गायिका अन्जु पन्तको पछिल्लो गीत सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गीत उनकै जीवनमा आधारित रहेको बुझिएको छ । ‘भर लाग्थ्यो तिम्रो सधैँ शङ्का गरिन माया, पराईको भइसक्यौ गर्न सकिन माया’ बोलको गीतमा अन्जुलाई अर्का लोकप्रिय गायक यम बरालले साथ दिएका छन् । 

बाध्यता बस पहिलो प्रेममा बिछोडिँदै अरूसँग जीवन बिताउनु परेको विषय गीतमा उल्लेख छ । जीवनयात्रा लामो र कठिन हुन्छ । यात्रा तय गर्ने क्रममा व्यक्तिले अतीतको समयलाई पनि फर्केर हेर्नुपर्ने हुन्छ । अतीतले नै व्यक्तिलाई वर्तमान र भविष्यतर्फ डोर्‍याउने काम गर्छ । बाध्यता बस अरूसँग जीवन विताउनुपरे पनि तर विगतको माया प्रेम भुल्न नसकिने प्रसङ्ग गीतमा उल्लेख छ। सो मर्मस्पर्शी गीतको रचना लोकप्रिय शब्द रचनाकार डीआर राईले गरेका हुन् । 

वरिष्ठ संगीतकार महेश खड्काको सङ्गीतमा रहेको सो गीतको भिडियोलाई साहित्यकार समेत रहेका हेम प्रवासले निर्देशन गरेका हुन् । श्रीदेब भट्टराई, शिलास्मा हमाललगायतको अभिनय छ । शिलास्मा पनि पछिल्लो समय नेपाली म्युजिक भिडियोमा चल्तीकी अभिनेत्री हुन् । 

अतीत जीवनको जग हो । वर्तमान अनेकौँ ठक्कर खाँदै त्यसै जगमा ठडिएको प्रेमकै कारण निर्धारण भएको हुन्छ । त्यति बेलासम्म अनपेक्षित रुपमा प्रेम टुटिसकेको हुनेछ । यो तितो सत्य आजका युवा पूस्ताका धेरैको प्रेम सम्बन्धसँग मेल खान जान्छ । यही कथावस्तु समेटिएको गीत र भिडियो धेरैले रुचाउने गायक यम बराल विश्वास व्यक्त गर्छन् । उनी भन्छन् ‘राम्रो सृजना बन्न शब्द, सङ्गीत तथा गायनको संयोजन मिल्नुपर्छ यो गीतमा त्यो देखिन्छ । धेरैको मन जित्ने मैले अपेक्षा गरेको छु ।’

कस्तो लाग्यो ?

यो पनि