जेठ ०४, २०८१, शुक्रबार
               

कोरियन सिरिज ‘द किङ इज इन लभ’ अब नेपाली च्यानलमा

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडाैं । चर्चित कोरियन सिरियल ‘द किङ इज इन लभ’ अब नेपाली च्यानल डिसहोममा हेर्न सकिने भएको छ ।

डिसहोमको च्यानल नम्बर-२ रियालिटी टिभीमा हरेक बिहीबार राति ८ः३० बजे उक्त सिरियल प्रशारण हुनेछ । दर्शकको सुविधालाई मध्यनजर गर्दै उक्त सिरियल नेपाली भाषामा प्रसारण गर्न लागिएको डिसहोम नेटवर्कले जनाएको छ ।

ग्राहकहरुलाई उत्कृष्ट सेवासहित थप मनोरञ्जन र नेपाली दर्शकलाई सिरिजको दुनियाँमा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रसारण गरिएको डिसहोमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भविष्यमा उत्कृष्ट र चर्चित कोरियन सिरिजहरुलाई पनि नेपाली भाषामा प्रसारण गर्न तयारी डिसहोमले गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि