बैशाख १९, २०८१, बुधबार
               

'चपली हाइट ३' प्रदर्शनको टुंगो नभएपछि ‘गोरे सार्की’ बनाउँदै अर्जुन कुमार

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

काठमाडौँ । कोरोना भाइरस महामारीका कारण प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चपली हाइट ३’ रोकिए पनि निर्माता अर्जुन कुमारले नयाँ चलचित्रको स्क्रिप्टको तस्बिर सार्वजनिक गरेका छन् । उक्त चलचित्र उनी आफैले निर्देशन गर्ने बताएका छन् । ‘गोरे सार्की’ नाम राखेर निर्माण हुने चलचित्र जेठबाट छायाङ्कनमा जाने भएको छ ।

कलाकार समेत फाइनल भैसकेको चलचित्रको कथा ‘कसले लेखेको?’ भन्ने प्रश्नमा उनले ‘पर्खनुस् न केही दिनमा थाहा हुन्छ’ भन्ने जवाफ दिए । थ्रिलर ड्रामा चलचित्रको प्रदर्शन मिति भने उनले २०७८को कार्तिकलाई बुक गरेका छन् । 

चलचित्रको नामको विषयमा उनले  जातको विषयमा चलचित्र नभएको बताए । ‘क्रिकेटर सोमपाल कामी नाम सुन्नु भएको छ नि ?’ भन्दै उनले त्यस्तै ‘गोरे सार्की’ एक नाम मात्रै भएको बताएका छन् ।

अर्जुन कुमार फिल्म्सको निर्माण रहने स्क्रिप्ट फाइनल भएको चलचित्रको छिटै नै प्रेसमिट गरी सम्पूर्णमा जानकारी दिनेसमेत उनले बताए ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चपली हाइट ३’  पनि दर्शकका कारण  निर्माता अन्योलमा नै छन् ।


कस्तो लाग्यो ?

यो पनि