बैशाख १९, २०८१, बुधबार
               

करिना भन्छिन् : दोस्रो बच्चा जन्मेपछि झनै सक्रिय हुन्छु

एजेन्सी
माघ २६, २०७७

ADVERTISEMENT

बलिउड अभिनेत्री करिना कपुरले यही फ्रेब्रुअरीमा दोस्रो बच्चालाई जन्माउँदै छिन् । गर्भावस्थामा पनि करिना मेहनत गर्न भने पछि परेकी छैनन् ।

करिनाले हालै भनेकी छन् कि आफ्नो लामो फिल्म करिअरमा उनले लिङ्गको आधारमा भेदभावको सामना गर्नु परेको छैन । यस अर्थमा उनी आफूलाई भाग्यशाली ठान्दछिन् ।

करिनाले भनेकी छिन् कि उनले कहिल्यै यौनजन्य हिंसा र लैङ्गिक विभेद सामना गर्नु परेन । उनले भनिन्, 'मेरा धेरै साथीहरूले विवाहपछि आफ्नो करिअरलाई निरन्तरता दिन सकेका छैनन् । तर त्यो राम्रो होइन ।'

करिनाले भने पुरातन मान्यता तोड्दै विवाहपछि पनि आफ्नो उचाइ घट्न दिइनन् । बरु उनले अझै शिखर चुमिन् । उनले आफूले विवाहपछिको जीवनमा झनै मेहनती बनेर पुरातन विचारलाई तोडेको बताइन् ।

उनले पेटमा बच्चा भएको बेला पनि परिश्रम गर्न सकिने बताइन् । उनले प्रश्न गरिन् 'गर्भवती महिलाले किन काम गर्न सक्दैनन् ?'

उनले पूर्ण गर्भावस्थामा पनि काम गरिरहेको र डेलिभरीपछि पनि आफू काम गर्न सक्षम बन्ने बताइन् । करिनाले गर्भावस्थामा सक्रिय रहनु आमा र बच्चा दुवैको स्वास्थ्यका लागि धेरै उपयुक्त हुने जनाइन् ।


कस्तो लाग्यो ?

यो पनि