बैशाख २२, २०८१, शनिबार
               

बाराक ओबामाको कम्पनीले आरोही तेन्जिङ नोर्गेमाथि फिल्म बनाउने

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

नेपालका प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गेमाथि फिल्म बन्ने भएको छ । तेन्जिङमाथि अमेरिकामा फिल्म बन्न लागेको हो ।

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको कम्पनी हाइअर ग्राउन्डस् प्रोडक्सनले नेटफ्लिक्ससँग मिलेर ६ फिल्म निर्माण घोषणा गरेको छ । जसमध्ये एउटा फिल्म तेन्जिङको जीवनीमा रहेको छ । फिल्मको नाम ‘तेन्जिङ’ नै रहने जनाइएको छ ।

फिल्म निर्माण कार्यमा सनफ्रान्सिस्कोमा बसोबास गर्ने तेन्जिङका छोरा नोर्बु तेन्जिङ नोर्गेको पनि सहभागिता रहनेछ ।

सन् १९५३ न्युजिल्यान्डका एडमन्ड हिलारीसँग मिलेर तेन्जिङले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।आरोहणसँगै उनका जीवनीका विभिन्न पाटा समेटेर लेखिएको पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’मा आधारित रहेर फिल्म निर्माण हुन लागेको हो । 

जेनिफर पेडमले फिल्मको निर्देशन गर्दै छिन् । उनले यस अगाडि यसअघि सन् २०१३ ‘शेर्पा’ शीर्षकको डकुमेन्ट्री बनाएकी थिइन् । 
तेन्जिङमाथि बन्ने फिल्म अष्ट्रेलियन लेखक लुक डेभिसले लेखिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि