बैशाख २३, २०८१, आइतबार
               

श्वेता खड्काविरुद्ध दरबारमार्ग प्रहरीमा सुष्मा कार्कीको उजुरी

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

पटक पटक विवादमा आइरहने अभिनेत्री सुष्मा कार्कीले अभिनेत्री श्वेता खड्का र उनकी बहिनीविरिुद्ध उजुरी दिएकी छिन् । आफूमाथि गालिगलौज तथा कुटपिट भएको भन्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उनले मंगलबार उजुरी दिएकी हुन् ।

आफू पबमा पुगेको समयमा आफूमाथि श्वेता खड्का र उनकी बहिनीसहितका केही व्यक्तिले गालिगलौज गर्दै कुटपिटसमेत गरेका कार्कीको उजुरीमा उल्लेख छ । प्रहरी वृत्त दरबारमार्गले कार्कीको उजुरी आएको बताएको छ ।

कार्कीको उजुरीको आधारमा वृत्तले श्वेतासहित उनको बहिनी र अन्य व्यक्तिलाई छलफलका लागि बोलाएको जनाएको छ । सुष्माले आफूमाथि भएको गालिगलौज तथा कुटपिटको भिडियो पनि प्रहरीलाई दिएकी छन् ।

सुष्माकाअनुसार उनीमाथिको गालिगलौज तथा कुटपिटमा श्वेतासँगै उनको बहिनी आरती खड्का, श्वेताका श्रीमान् तथा एक युटुबर पनि सहभागी रहेका थिए ।

युटुबर उत्सव रसाइलीका अनुसार सोमबार राति सुरूमा नायिका कार्कीले नै रसाइलीमाथि दुर्व्यवहार गरेकी थिइन् ।

‘हामी रमाइलो गरिरहेका थियौं। तर उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गाली गर्नुभयो। मलाई पनि जातीय हिसाबले गाली गर्नुभयो,' रसाइलीले भने- 'म हिजो पाहुना भएर गएको थिएँ । ममाथि दुर्व्यवहार भएपछि श्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभो । त्यसरी दुर्व्यवहार गरेपछि आरतीजीले एक झापड हान्नु भएको हो ।’ 


कस्तो लाग्यो ?

यो पनि