बैशाख २३, २०८१, आइतबार
               

अभिनेत्री पामेला एन्डरसनले गरिन् पाँचौं विवाह आफ्नै बडीगार्डसँग

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

लसएन्जल्स । हलिउडकी प्रख्यात अभिनेत्री र मोडल पामेला एन्डरसन पुनः एकपटक आफ्नो विवाहका कारण चर्चामा छिन् । उनले पाँचौंपटक विवाह गरेपछि चर्चा अझ चुलिएको हो । पामेलाले आफ्ना बडीगार्ड डेन हेहसर्टसँग विवाह गरेकी हुन् ।

पामेलाले हालै मात्र डेली मेललाई अन्तरवार्ता दिएकी थिइन् । जुन अन्तरवार्तामा उनले आफ्नो जीवनसँग जोडिएका अनेक कुरा खुलाएकी थिइन् ।

उनले अन्तरवार्तामा पाँचौं पति डेनसँग लकडाउनको समयमा प्रेम गरेको र त्यसपछि विवाह गर्ने निर्णय लिएको खुलाएकी छन् ।

‘म प्रेममा थिएँ र हामीले क्रिसमसको बेलुका विवाह गर्‍यौं । हामीलाई दुवै परिवारको आशिवार्द पनि मिलेको छ । सबैजना हाम्रो विवाहलाई लिएर खुशी छन् । मेरो २५ वर्ष अघि किनेको वृद्ध पुस्ताको सम्पत्तिमा विवाह भएको हो । यो त्यही स्थान हो, जहाँ मेरा आमाबाबुले विवाह गरेका थिए ।’ उनले भनेकी छन् ।

कोरोना महामारीको कारण जनाउँदै उनले आफ्नो विवाहमा कोही पनि पाहुनालाई बोलाइनन् । यसअघि, उनले हेयरड्रेसर जोन पिटर्ससँग विवाह गरेकी थिइन् । जुन  विवाह १२ दिनपछि तोडिएको थियो ।

यो पनि