बैशाख २३, २०८१, आइतबार
               

फरिताले सञ्चालनमा ल्याइन ‘डाईनामिक नृत्य क्रियशन’

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भव नै छ । अहिलेको एक्काइसौँ शताब्दीमा नाम, दाम कमाउने र चर्चा बटुल्ने चाहना सबैको हुन्छ । त्यही चाहनाअनुसार काठमाडौंलाई कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौँ मानिस काठमाडौं उपत्यका आउँछन् ।

जहाँ दैनिक हजारौँ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडि बढ्छन् । त्यसै सपनासँग जोडिएको युवा पुस्ताको रोजाइ बनेको छ, सिने संसार अर्थात् मोडलिङ क्षेत्र । नाम र चर्चा कमाउने सबैको चाहना हुन्छ । त्यस्तै, चाहना लिएर विगत लामो समयदेखि मोडलिङको भीडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भविष्य बनाउने योजनाको साथमा अगाडि बढ्दै गरेकी मोडल हुन फरिता खड्का ।

उदयपुर घर भएकी उनी काठमाडौंं बस्दै आएकी छिन् । उनी आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन । त्यसैअनुरूप मेहनत पनि गरिरहेकी छिन् । उनले केही म्युजिक भिडियोमा आफ्नो जादुमय अभिनय प्रदर्शन गरिसकेकी छिन । विभिन्न मेला महोत्सवदेखि स्टेज कार्यक्रम आफ्नो जादुमय नृत्य तथा अभिनय प्रस्तुत गर्दै आएकी छिन् । 

नृत्य गर्दै आएकी उनी अव भने अरुलाई समेत नृत्य सिकाउने काममा अग्रसर हुने भएकी छिन् । यसअघि पनि नृत्य प्रशिक्षकको रुपमा काम गरिसकेकी फरिताले अव भने आफ्नै नृत्य प्रशिक्षण केन्द्र खोलेकी छिन् ।

उनै फरिताले सञ्चालन गरेको ‘डाईनामिक नृत्य क्रियशन’को शुभारम्भ गरिएको छ । ललितपुरको सात दोबाटामा रहेको नृत्य क्रियशन’को नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष रवीन्द्र खड्काको प्रमुख आतिथ्यतामा ‘डाईनामिक नृत्य क्रियटिभ फिल्मस् प्रालिको उद्घाटन भएको हो ।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, गोपाल काजी कायस्थ, द्वन्द्व कलाकार सङ्घका अध्यक्ष नारायण प्रधान, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, वरिष्ठ शृङ्गारकर्मी श्यामकुमार बराल, पत्रकार सानुकाजी श्रेष्ठ, द्वन्द्व निर्देशक शङ्कर महर्जन, हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’ रामेश्वर बुर्लाकोटीलगायका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।


कस्तो लाग्यो ?

यो पनि