बैशाख २३, २०८१, आइतबार
               

कला निर्देशक उद्धवराज भट्टराई ‘जुङ्गे’ अस्पताल भर्ना

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

नेपाली फिल्मका वरिष्ठ कला निर्देशक उद्धवराज भट्टराई ‘जुङ्गे’ अस्पताल भर्ना भएका छन् ।

दमको समस्याबाट पीडित उनी केही दिन अघि वीर अस्पतालमा भर्ना भएको कलाकार निर्मल शर्माले  जानकारी दिए । 

दम रोगका लागि अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका भट्टराइको मुटु, फोक्सो तथा मृगौलामा समेत समस्या देखिएको छ । 

‘जुङ्गे’ भट्टराइको नामबाट फिल्म क्षेत्रमा चर्चित उनी कला निर्देशकको अलवा बेशभुषा समेत हेर्ने गर्दछन् ।

कलाकार समेत रहेका भट्टराई चार दशकदेखि फिल्म क्षेत्रमा आवद्ध छन् ।

यो पनि