बैशाख २३, २०८१, आइतबार
               

किसानको विरोध गर्दा कंगनालाई करोडौं घाटा, ६ वटा ठूला ब्राण्डले गरे सम्झौता रद्द

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत भारतमा किसानले गरिरहेको आन्दोलनका विषयमा लगातार ट्विट गरिरहेकी छन् । मंगलबार देशभरका किसानले ट्रयाक्टर र्‍याली निकालेपछि विभिन्न स्थानमा हिंसा भयो ।

यही विषयमा उनले एक ट्विट गरिन् र आफ्नो सम्पूर्ण रिस त्यसमै पोखिन् । उनको यही आक्रोशका कारण उनले करोडौंको प्रोजेक्ट गुमाएकी छन् ।

कंगनाका अनुसार किसानको विरोध गर्दा ६ वटा ठूला ब्राण्डले उनीसँग गरेको र गर्न लागेका सम्झौता रद्द गरेका छन् ।

उनले लेखेेकी छन् – ‘६ वटा ब्राण्डले मसँग आफ्नो सम्झौता रद्द गरेका छन् । त्यसमा केहीमा सम्झौता भइसकेको थियो भने केही हुनेवाला थिए । मैले किसानलाई आतंकवादी भनेर बोलाएको उनीहरुको भनाइ छ । त्यहीकारण उनीहरुले मलाई एम्बासडर बनाउन चाहेनन्’, उनले ट्वीट गरेकी छन् ।

उनले यस्ता हिंसाको समर्थन गर्ने जोकोही भारतीय व्यक्ति आतंकवादी रहेको दाबी गरेकी छन् । ‘त्यसमा ती व्यक्ति पनि सहभागी छन्, जो एन्टी नेसनल ब्राण्ड हुन्’, उनले लेखेकी छन् ।

कंगनाले ट्वीटमा किसानको प्रदर्शन गर्ने अभिनेत्री प्रियंका चोपडा र अभिनेता दिलजीत दोसाँझमाथि पनि निशाना लगाएकी छन् ।


कस्तो लाग्यो ?

यो पनि