बैशाख २३, २०८१, आइतबार
               

मिडियालाई धेरै नचिच्याउन आग्रह गर्दै वरुणले गरे विवाह

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेता वरुण धवनले आइतबार विवाह गरेका छन् । प्रेमीका नताशासँग लामो समयदेखिको प्रेमपछि उनीहरु विवाहबन्धनमा बाँधिएका हुन् ।

विवाहमा उनीहरूका निकट केही व्यक्ति मात्र उपस्थित थिए । विवाहपश्चात् बरुणले सञ्चारमाध्यमसँग ‘धेरै नचिच्याउन’ आग्रह गरेका थिए ।

 उनले आफ्नी नवविवाहित दुलहीलाई मिडियाकाे ‘हाेहल्ला’ र धेरै प्रचारबाजी मन नपर्ने भएकाले त्यसाे नगर्न मिडियालाई आग्रह गरेका थिए ।

यससँगै मायालु तथा ‘प्रोटेक्टिभ’ पती बन्ने वरुणको कदम विवाहको पहिलो दिन नै देखिएको टिप्पणी हुन थालेकाे छ ।


कस्तो लाग्यो ?

यो पनि