जेठ ०४, २०८१, शुक्रबार
               

श्रीमती यसोदाकाे स्मृतिमा मदनकृष्णले ल्याए 'बर ढले पिपल एक्लै'

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वर्गीय पत्नी यसोदा सुवेदी श्रेष्ठकाे सम्झनामा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले 'बर ढले पिपल एक्लै....पिपल ढले बर' बोलकाे गीत सार्वजनिक गरेका छन् । 

महसञ्चार युट्युव च्यानलमार्फत आज सार्वजिनक गरेकाे उक्त गीतकाे संगीत यमन श्रेष्ठले भरेका छन् । साथै शब्द प्रकट पंगेनीकाे रहेकाे छ । उक्त गीत सार्वजनिक गर्दै उनले लेखेका छन् -'मेरी श्रीमती बाँचीरहेकी भए आज हामी उनको जन्मोत्सव मनाइरहेका हुन्थ्यौँ ।'

उनले थपे-'सँगै हुँदा हाम्रो जीवन खोला वारी र खोला पारीको बर र पिपल जस्तो हैन कि एउटै चौतारीमा उभिएर रमाई रहेका बर पिपल जस्तै थियौं । मेरो त्यो चौतारीको लहलहाउँदो पिपलको रुख ढलेको नि अब त दुई बर्ष नौ महिना भइसकेछ ।'


कस्तो लाग्यो ?

यो पनि