जेठ ०३, २०८१, बिहीबार
               

सुष्माको आइटम ‘हलाल’मा

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा समावेश ‘हलाल’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा नायिका सुष्मा कार्कीले आइटम नृत्य गरेकी छिन् ।

सार्वजनिक गीतमा मिना निरौलाको स्वर, बी.बी थापाको शब्द, किशोर थापाको संगीत छ । गीतको भिडियोमा चलचित्रका केही एक्सन दृश्यलाई पनि समावेश गरिएको छ ।

नायक शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ । यस्तै, यही चलचित्रबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयग दर्शनधारीले चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् ।

यो चलचित्र निर्माण भएको केही समय भएपनि चलचित्र रिलिज हुने या नहुने अन्योल थियो । तर, अब भने यो चलचित्रलाई रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष लागेको छ । यही वर्ष नै चलचित्र रिलिज गर्ने भनिए तापनि निर्माणपक्षले मिति भने तय गरेको छैन ।

फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा यशोधा राई र दिनेश दर्शनधारीको लगानी छ । चलचित्रका निर्देशक दीपेश सापकोटा हुन् । चलचित्रमा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापामगर, तारा तुलाधर सह–निर्माताको रुपमा छन् ।

 


कस्तो लाग्यो ?

यो पनि