जेठ ०२, २०८१, बुधबार
               

रमेश बिजीको शब्दमा सुनितामी परियारकाे ‘ढुंगाजस्तो मन’

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । मायाप्रेममा बाँधिएर नचाहेर पनि छुट्न बाध्य भएका एक प्रेम जोडीका यथार्थ पीडादायी कथामा आधारीत लोक गायिका सुनितामी परियार र पहिलो नेपाल आइडलको टप चारसम्म पुगेका चर्चित गायक सागर आलेको समधुर आवाजमा ‘ढुंगाजस्तो मन’ शिर्षकमा यस गीत र भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतको शब्द राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले रचना गरेका छन् भने जीवन परियारको संगीत तथा सुदीप सागरको संगीत संयोजन रहेको छ । गीतकार रमेश बिजीले मायाप्रेममा जोडिएका युवा युवतीहरुलाई यस गीतमार्फत शन्देस दिन खोजिएको जिकीर गरे ।

उनले भने, ‘हरेक माया गर्ने युवा युवतीको भावनालाई शब्दमा बुनिएको छ ।’ साथै, उनले गायिका सुनितामी  परियारले आफूलाई सुरुमा गीतको भाका पठाएर शब्द लेख्न आग्रह गरेपछि उक्त भाकाको मर्मअनुसार नै शब्द लेखेको जानकारी दिए । गीतको भ्युजभन्दा पनि मौलिक शब्दको मर्म र यथार्थमा कलाकारहरु आत्मनिर्भर हुन आवश्यक रहेकोमा उनको भनाइ छ ।

उक्त गीतको भिडियोमा गायक तथा मोडल प्रकाश सपुत, नायिका सगुन शाही र संगीता परियारले अभिनय गरेका छन् । दुर्गा पौडेलको निर्देशन र छायांकन गरेको उक्त( भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका छन् ।

गायिका सुनितामी परियारको आफ्नै युट्यूब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ । गायिका परियारले यस गीतको मर्मअनुसार माया गर्ने दुवै जोडीले बिछोड भएपछि चोट पाएर एकले अर्कोलाई सम्झना गरेको शन्देस दिन खोजिएको बताइन् ।

हालसम्म गायिका परियारले करिब ३०० को हाराहारीमा गीत गाएको र दुई वर्षको अन्तरालपछि आफ्नै प्रस्तुती र युट्यूब च्यानलमार्फत यस गीत बजारमा ल्याएको जानकारी दिइन् । गायक सागर आलेले पनि गीतकार रमेश बिजीको शब्द रचना सुरुमा पढ्ने बित्तिकै मन परेर गीत गाएको बताए । 

 

यो पनि