जेठ ०३, २०८१, बिहीबार
               

रजनीकान्त डिस्चार्ज, चिकित्सकले दिए यस्तो सल्लाह

एजेन्सी
पुस १२, २०७७

ADVERTISEMENT

बलिउड सुपरस्टार रजनीकान्त अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत २५ डिसेम्बरमा उच्च ब्लड प्रेसर समस्याका कारण हैदराबादको अपोलो अस्पतालमा भर्ना भएका उनी आइतबार डिस्चार्ज भएका हुन् ।

अपोलो अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै अभिनेताको स्वास्थ्यको अपडेट समेत गराएको छ ।

जसमा रजनीकान्तको स्वास्थ्य पहिले भन्दा राम्रो भएकोले डिस्चार्ज गरिएको बताइएको छ ।

चिकित्सकले रजनीकान्तलाई तनावबाट टाढा रहन सल्लाह समेत दिएका छन् ।

रजनीकान्त फिल्म ‘अन्नथे’ को सुटिङ हैदरावादमा गर्दै थिए । सोही क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको हो ।

फिल्म ‘अन्नथे’ मा रजनीकान्तको अलवा कीर्ति सुरेश, मीना, नयनतारा, खुशबु, प्रकाश राज र ज्याकी श्राफको पनि अभिनय रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि