जेठ ०३, २०८१, बिहीबार
               

जोन अब्राहम घाइते

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

मुम्बई । अभिनेता जोन अब्राहम घाइते भएका छन् । फिल्म ‘सत्यमेव जयते २’ सुटिङको क्रममा उनी घाइते भएका हुन् । बिहीवार वाराणसीको गंगा किनारको पञ्चकोट घाटस्थित एक भवनमा फिल्मको एक्सन दृश्य सुटिङका क्रममा उनी घाइते भएका हुन् ।

एक्सन दृश्य छायाँकनको क्रममा पन्च मार्दै गर्दा हात भवनको गाहेमा लागेर उनी घाइते भएका हुन् । घाइते भए पनि जोन अस्पताल पुगेका थिए । अस्पतालमा उनको हातको तरुन्तै एक्स रे गरिएको थियो । एक्सरे रिजोट भने नर्मल आएको थियो ।

फिल्म ‘सत्यमेव जयते २’ २०२१ मा रिलिज हुने फिल्म हो । यो २०१८ मा आएको जोनकै फिल्म ‘सत्यमेव जयते’को सिक्वेल हो ।  यस फिल्मको अलावा जोन ‘पठान’मा समेत देखिनेछन् । ‘पठान’ मा शाहरुख खान, गौतम रोडे, दीपिका पादुकोण र शाजी चौधरीको समेत मुख्य भुमिका रहनेछ ।


कस्तो लाग्यो ?

यो पनि