जेठ ०२, २०८१, बुधबार
               

रजनीकान्त अस्पताल भर्ना

एजेन्सी
पुस १०, २०७७

ADVERTISEMENT

बलिउड तथा दक्षिण भारतीय चलचित्रका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् ।

रक्तचापसम्बन्धी समस्या देखिएपछि  उनलाई शुक्रबार हैदरवादस्थित एपोलो अस्पतालमा भर्ना गरिएको हो ।

रक्तचाप सामान्य नभएसम्म उनलाई चिकित्सकको निगरानीमा राखिने बताइएको छ ।

केहीदिन अघि उनको कोरोना समेत परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी उनको स्वस्थ्य अवस्थाबारे जानकारी गराएको थियो ।

रजनीकान्त पछिल्ला केही दिनदेखि फिल्म सुटिङका क्रममा हैदरवादमा थिए । 

सुटिङकै क्रममा ८ जनलाई कोरोना पोजिटिभ देखिएपछि सुटिङ रोकेर उनी कडा निगरानीमा आइसोलेसनमा बसेका थिए ।


कस्तो लाग्यो ?

यो पनि