जेठ ०२, २०८१, बुधबार
               

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आवेदन खुल्ला

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करणका लागि विश्वभरीबाट आवेदन खुल्ला भएको छ । सन् २०२१ जुन १८ देखि २० सम्म वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर महोत्सव आयोजना गर्न लागिएको हो ।

चलचित्र महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् ।

वासिङ्गटन डिसी, मेरिल्यान्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीहरुलाई प्रोत्साहान गर्न ‘डिएमभी क्लोजअप’ प्रदर्शनी हुँदै आएको छ । स्थापना देखि नै ग्लोबल पिस फिल्म फेस्टिवल फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुदै आएको चलचित्रहरु आगामी वर्ष पनि समावेश हुनेछ ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ । महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरु पनि आयोजना हुनेछन् । महोत्सवमा चलचित्र प्रदर्शन पछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने छन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । कोविड–१९ को कारणले सन् २०२० को संस्करण स्थगित गरिएको थियो। यसै विच उत्तर–अमेरिकाका ७ वटा दक्षिण एसियाली चलचित्र महोत्सवहरुको साझा पहलमा ‘कोसाफ’ सम्पन्न भएको थियो।

चलचित्रको अनलाइन मार्फत दिन सकिने व्यवस्था गरिएको छ । चलचित्र आवेदन सम्बन्धिका विवरण तथा नियमहरु संस्थाको वेभसाइटमा उपलब्ध छन् ।

यो पनि