जेठ ०२, २०८१, बुधबार
               

सुमी र बिजुले हात पारे ‘डान्सिङ विथ दि स्टार्स’को उपाधि

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । हिमालय टेलिभिजनको चर्चित शो डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को उपाधि सुमी मोक्तान र बिजु पार्कीले हात पारेका छन् । 

गएराति सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधि जितेका हुन् । उपाधिसँगै उनीहरुले २० लाख पुरस्कारसमेत प्राप्त गरेका छन् । साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरुले प्राप्त गरेका छन् ।  

यस्तै, शोमा फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका गुरुङले प्राप्त गरे भने सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेल बन्न सफल भएका छन् । उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । 

शोमा निर्णायकको भूमिकामा रुपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई रहेका थिए । 

यो पनि