जेठ ०२, २०८१, बुधबार
               

काइली फोर्ब्सको सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटी, भारतबाट अक्षय कुमार मात्रै

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

फोर्ब्सको सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको सूचीमा काइली जेनर छिन् । उनी यो सूचीको पहिलो नम्बरमा परेकी हुन् ।

फोर्ब्ससँग रहेको काइलीको आम्दानीको तथ्यांकलाई वित्तिय विशेषज्ञले मूल्यांकन गर्दा उनको यस वर्षको आम्दानी ५९ करोड अमेरिकी डलर पुगेको हो । यस वर्ष उनले आफ्नो सौँदर्य ब्राण्डको केही हिस्सा बिक्री पनि गरेकी छन् ।

दोस्रो नंबरमा सूचिकृत भएका कान्यले यो वर्ष १७ करोड अमेरिकी डलर आम्दानी गरेका छन्। उनले यो वर्ष एडिडाससँगको एक सम्झौताबाट यो रकम आम्दानी गरेका हुन्।

सूचिको तेस्रो नंबरमा टेनिस खेलाडि रोजर फेडेरर छन् उनको कमाई १० करोड ६३ लाख अमेरिकी डलर रहेको छ। यसपछिको सूचिमा क्रिटियानो रोनाल्डो, लियोनल मेस्सी, नेइमार लगायतका खेलडिहरु पनि रहेका छन्।

भारतबाट भने बलिउड अभिनेता अक्षय कुमार सन् २०२० मा धेरै आय गर्ने फोर्ब्सको १०० सेलिब्रेटीको सूचीमा परेका छन् । ४ करोड ८५ लाख डलर आम्दानी गरेर अक्षय कुमार सूचीको ५२ औँ नम्बरमा परेका छन् ।

केही वर्ष अगाडि अक्षय एशिया महादेशमा गरिएको फोर्ब्सको सामाजिक सञ्जालमा धेरै प्रभावशाली व्यक्तित्वको सूचीमा पहिलो नम्बरमा परेका थिए ।

यो सूचीमा भारतका अमिताभ बच्चन, साहरुख खान, आलिया भट, रणवीर सिंह, कट्रीना क्याफ, ऋतिक रोशन, साहिद कपूर, अनुष्का शर्मा, माधुरी दीक्षित पनि रहेका थिए ।


कस्तो लाग्यो ?

यो पनि