जेठ ०२, २०८१, बुधबार
               

आमा बन्दै नेहा, दुई महिनाअघि भएको थियो विवाह

एजेन्सी
पुस ०३, २०७७

ADVERTISEMENT

चर्चित बलिउड गायिका नेहा कक्कड गर्भवती भएको खबर सार्वजनिक भएको छ । 

करिब दुई महिना अघि अक्टोबर २४ मा विवाह गरेकी नेहाले इन्स्टाग्राममा आफ्नो बेबी बम्प देखाउँदै आफू गर्भवती भएको जानकारी दिएकी छिन् । 

नेहाको यो पोस्टमा थुप्रैले बधाई तथा शुभकामना दिएका छन् ।

नेहाका श्रीमान् रोहनप्रितले नेहाको फोटोमा कमेन्ट गर्दै लेखेका छन्, ‘अब त अझै बढी ख्याल राख्नुपर्नेछ नेहु ।’

नेहा र रोहनप्रित आफूहरुको पहिलो नजरमा नै प्रेम बसेको बताउने गर्छन् । 

हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा नेहाले आफू रोहनप्रितको आकर्षक व्यक्तित्व र सभ्य व्यवहारले आकर्षित भएको बताएकी छिन् । 

नेहा रोहनप्रितभन्दा सात वर्ष जेठी छिन् तर यी दुईको बीचमा उमेरले केही फरक पारेन ।

नेहाले रोहप्रितबाट धेरै कुरा सिक्नुपर्ने बताएकी छिन् । 


कस्तो लाग्यो ?

यो पनि