जेठ ०२, २०८१, बुधबार
               

१८ औँ संस्करणको किम्फ फेस्टिभल सम्पन्न

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । गत बिहीबारबाट सुरु भएको १८ औं संस्करणको किम्फ फेस्टिभल सम्पन्न भएको छ । नेपालका दुई फिल्म ‘दि स्नोपार्ड कलिङ’ र ‘दि सङ अफ क्लाउड’लाई उत्कृष्ट पुरस्कार दिँदै किम्फ समापन भएको हो । 

किम्फमा ‘दि स्नोपार्ड कलिङ’ नेपाल पनोरोमा अन्तर्गत डकुमेन्ट्री फिल्म विधामा उत्कृष्ट भएको थियो भने फिल्म ‘सङ अफ क्लाउड’ कथानक फिल्मतर्फ उत्कृष्ट ठहरिएको हो । दुवै फिल्मले क्रमशः १ लाख नगद समेत पुरस्कारको रुपमा प्राप्त गरेका छन् ।

अंकित निर्देशित ‘दि सङ अफ क्लाउड’ फिल्म बिभिन्न फेष्टिभलमा समेत प्रिमिएर भइसकेको छ । फेष्टिभलमा सिकुमा राई निर्देशित ‘चरक दाना बाना ओ सिम्मा’ले जुरीबाट स्पेसल मेन्सन अवार्ड पाएको छ ।

फेष्टिभलमा अफगानको युद्धबाट भागेर इरान छिरेका शरणार्थीको पहिचानको कथा समेटिएको ‘दि सिल्युट’लाई अन्तर्राष्ट्रिय विधातर्फ प्रथम पुरस्कार प्रदान गरियो । इरान र फिलिपिन्स मिलेर निर्माण गरेको फिल्मलाई अफसानह सेलेरीले निर्देशन गरेकी हुन् ।

अन्तर्राष्ट्रिय विधातर्फ नै टिना म्याडिसन निर्देशित फिल्म ‘दि बिलोभेड डटर’ले दोस्रो र ‘बाटो’ नामक फिल्मले तेस्रो स्थान हासिल गर्यो । विजेता तीनै फिल्मले क्रमशः २ हजार, १५ सय र १ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका थिए ।

नेपाल र अन्तर्राष्ट्रिय गरी दुई भागमा बिभाजन गरेर पुरस्कार बाडिएको फेष्टिभल कोभिड १९ द्धारा सृजित परिस्थितिका कारण भर्चुअल रुपमा आयोजना भएको थियो । फेस्टिभलमा १५ मुलुकका १८ वटा चलचित्रहरु र नेपालका  कथानक र डकुमेन्ट्री गरी १२ फिल्म सहभागी थिए ।


कस्तो लाग्यो ?

यो पनि