जेठ ०३, २०८१, बिहीबार
               

पुस १० गतेदेखि हल खोल्ने निर्णय

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल चलचित्र संघले पुस १० गतेदेखि सिनेमा हल खोल्ने निर्णय गरेको छ ।

संघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा डब्लुएचओको सुरक्षा मापदण्ड अपनाएर हलहरु सञ्चालन गर्ने बताएको छ । सरकारसँग पटक–पटक आग्रह गर्दा हल खोल्ने कुनै नीति निर्णय नआएपछि आक्रोशित भएर सिनेमाकर्मीहरुले हल सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

संघले विज्ञप्ति सार्वजनिक गर्दै सरकारलाई बुदाँगत रुपमा दबाब दिएको छ । संघले हवाई, बस व्यवसाय, होटल, रेष्टुरेन्ट, मन्दिरलगायत अन्य क्षेत्र पूर्ण रुपमा सञ्चालन भइसकेकोमा सिनेमा क्षेत्र सञ्चालनको लागि सरकारबाट केही कदम नचालिएको भन्दै गुनासो गरेको छ ।

साथै, संघले पुस १० गतेदेखि चरणबद्ध रुपमा आन्दोलन गर्ने निर्णय समेत गरेको छ । विज्ञप्तिमा मनोरञ्जन कर खारेज गर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, चलचित्र विकास शुल्क खारेज हुनुपर्ने, चलचित्र घरको लागि आवश्यक उपकरण तथा सामाग्रीहरु भन्सार महशुल छुट हुनु पर्ने, चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रको रुपमा सम्बोधन गर्नुपर्ने माग राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि