जेठ ०२, २०८१, बुधबार
               

‘डान्सिङ विथ दि स्टार्स नेपाल’को ग्रान्ड फिनाले आउँदो शुक्रबार हुने

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को ग्राण्ड फिनाले आगामी शुक्रबार हुने भएको छ । गत २ असोजबाट शुरु भएको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ आगामी शुक्रबार फाइनल हुन लागेको हो ।

शो हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । शोमा स्टारहरुले सहभागी जनाएर नृत्य गरेको दर्शकले पहिलोपटक हेर्न पाएका थिए । शोमा कलाकार, खेलाडी, गायक–गायिकाहरुले प्रस्तुति दिँदै आएका थिए ।

सेमी फाइनलको अन्तीम चरणमा चार टिम प्रियम जोडी (प्रनिका आचार्य र सुगम भुजेल), सुविजु जोडी (विजु पार्की र सुमी मोक्तान), आमोद जोडी (फुलन्देकी आमा र प्रमोद भण्डारी र बुद्धिका जोडी (बुद्ध लामा र केबिका खत्री) पुगेका थिए । जसबाट टिम आमोद भने बाहिरिएको छ ।

योसँगै अब ग्रान्ड फिनालेमा प्रियम, सुभिजु र बुद्धिकाबीच प्रतिस्पर्धा हुनेछ । शोको निर्णायक भूमिकामा अभिनेता दिलिप रायमाझी, अभिनेत्री गौरी मल्ल र कोरियोग्राफर रेनेशा वान्तवा राई रहेका छन् ।

यो पनि