जेठ ०२, २०८१, बुधबार
               

प्रीतिको ‘चिम्लेर आँखा’ (भिडियो)

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । गायिका प्रीति कौरले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

‘चिम्लेर आँखा’ बोलको पप–रक गीत उनले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् । 

यस गीतको गीतकार एकातारे हुन् भने सुशान्त गौतमले यो गीतमा संगीत भरेका छन् । 

गीतको भिडियो छायांकन प्रतीक केसीले गरेका हुन् भने संगीत संयोजन रिकेश गुरुङ ‘किइज’ को छ ।

चार महिनाअघि कौरले ‘रहर’ म्युजिक भिडियो निकालेकी थिइन् । 

धेरै पल्ट जीवनमा (२००४), रिसाउन पाइँदैन (२००४), बेली डान्सर (२०१५), तिम्रै लागि (२०१७) लगायतका चर्चित गीतमात्रै होइन कौरले विभिन्न नेपाली चलचित्रमा पार्श्वगीत गएकी छिन् ।

तीन वर्षअघि ‘तिम्रै लागि’ गीतबाट कमब्याक गरेकी कौरले ‘चिम्लेर आँखा’ बोलको पप–रक जेनरको म्युजिक भिडियो आफ्नै युट्युव च्यानलमा रिलिज गरेकी हुन् ।


कस्तो लाग्यो ?

यो पनि