बैशाख २४, २०८१, सोमबार
               

२८ वर्षीया नायिकाले गरिन् आत्महत्या

एजेन्सी
मंसिर २४, २०७७

ADVERTISEMENT

तमिलकी चर्चित टिभी नायिका भिजे चित्राले आत्महत्या गरेकी छिन् । २८ वर्षीया चित्राले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

समाचार अनुसार उनले नसरपेटस्थित एक होटलको कोठामा पासो लगाएर आत्महत्या गरेकी छिन् । उनले हालै चेन्नईको एक चर्चित व्यापारी हेमन्त रविसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

नायिका भिजेलाई पांडियन स्टोर्सको सिरियलमा उनको भूमिकाका लागि चिनिन्छ । जुन अहिले टिभीमा प्रसारण भइरहेको छ । चित्रा यो धारावाहिकमा मुलईको भूमिकामा छिन् ।

एक रिपोर्टका अनुसार इविपी फिल्म सिटीमा सुटिङ गरेपछि चित्रा राती करिब साढे २ बजे होटल फर्किएकी थिइन् । उनी होटलमा आफ्ना प्रेमीसँग बसिरहेकी थिइन् । 

प्रहरीलाई दिएको बयानमा हेमन्तले भने, ‘होटल आएपछि चित्राले आफू नुहाउन जान लागेको बताइन् तर धेरै बेरसम्म उनी बाहिर आइनन्, बाथरुमको ढोका ढक्ढकाउँदा पनि उनले कुनै प्रतिक्रिया दिइनन् । त्यसपछि मैले होटलका कर्मचारीलाई यसबारे जानकारी दिएँ र उनको डुप्लिकेट साँचोले ढोका खोल्दा उनको शव झुण्डिएको अवस्थामा थियो ।’


कस्तो लाग्यो ?

यो पनि