जेठ ०२, २०८१, बुधबार
               

एसिया मोडल फेस्टिभलअन्तर्गत फेस अफ एसिया २०२० मा नेपाल उत्कृष्ट १३ मा पर्न सफल

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

एसिया मोडल फेस्टिभलअन्तर्गत फेस अफ एसिया २०२० मा नेपाली विवेक खड्का उत्कृष्ट १३ मा पर्न सफल भएका छन् । उनी सो स्थानमा पर्न सफल भएसँगै प्रतियोगिताको उत्कृष्ट १३ भित्र नेपाल पहिलो पटक पर्न सफल भएको हो ।

साउथ कोरियाबाट विगत १५ वर्षदेखि नियमित आयोजना हुँदै आएको सो प्रतियोगितामा नेपालका तीन सहभागीमध्ये उनी उत्कृष्ट १३ भित्र पर्न सफल भएका हुन् ।

नेपाल, भारत, चीन, कोरियालगायत २६ देशका ७८ सहभागी प्रतियोगितामा रहेका थिए । कोरोनाको कारण यो पटक भर्जुअल रुपमा आयोजना भएको प्रतियोगिता विगत ७ महिनादेखि विभिन्न सेसनको रुपमा आयोजना हुँदै आएको थियो ।

डिसेम्बर ४मा सम्पन्न प्रतियोगितामा शीर्ष उपाधि क्यबाका युवकले जितेका थिए । विश्वकै चर्चित मोडलिङ प्रतियोगिता मानिने यो प्रतियोगितामा खड्काले बिभिन्न सेसेनमा नेपाली कलासंस्कृति, फेसन, ऐतिहासिक महत्व झल्कने बिभिन्न पहिरन सहितको प्रस्तुति दिएका थिए ।

‘प्रतियोगिताको शीर्ष उपाधि जित्ने उद्देश्य थियो । तर त्यो गर्न सकिएन’ खड्काले भने ‘उत्कृष्ट १३ भित्र पर्नु पनि नेपालका लागि ठुलो उपलब्धि हो ।’


कस्तो लाग्यो ?

यो पनि