जेठ ०३, २०८१, बिहीबार
               

यम बरालको ‘जवानी ताजा ताजा छ’ सार्वजनिक

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

गायक यम बराल र गायिका उर्मिला लाम्गादेको युगल गायनमा रहेको ‘जवानी ताजा ताजा छ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।  प्रेमिल शैलीको गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् । गीतलाई शिखर सन्तोषले संगीतबद्ध गरेका हुन् । गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका छन् ।

गीतको म्युजिक भिडियोमा नाजिर हुसेन र उषा उप्रेतीको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । रवीन्द्र न्यौपानेले  छायांकन गरेको भिडियोलाई दीपेन्द्र शाही ठकुरीले कोरियोग्राफी गरेका हुन् । 

भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।  ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको भिडियो सुदीप बरालको निर्देशनमा तयार पारिएको हो ।


कस्तो लाग्यो ?

यो पनि