बैशाख २३, २०८१, आइतबार
               

पलको ‘मैसाब’ भिडियो १४ लाखमा निर्माण, तर आशातित रुपमा भ्युज पाएन

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

एक साता अघि गायकद्धय सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वरमा ‘मैसाब’ बोलको गीत रिलिज भयो । यो गीतको भिडियोको चर्चा सांगीतिक बजारमा खुबै भैरहेको छ । कविराज गहतराजको निर्देशनमा बनेको यो भिडियोमा नायक पल शाहलाई दोहोरो भूमिकामा देखाइएको छ ।

 राजकिय शैलीमा भिडियो निर्माण गरी सार्वजनिक भएको एक सातामा यो गीतले ६ लाख भन्दा बढी भ्यूज पाएको छ । यो गीतको चर्चा जतिहुनुपर्ने हो, त्यो अनुसार भएन । २० हजार दर्शकले लाइक गरेको भिडियोमा २ हजार प्रतिक्रिया आएका छन् ।

‘मैसाब’ले किन आशातित रुपमा भ्यूज पाएन, यसको समिक्षा विभिन्न कोणबाट गर्न सकिएला । तर, भिडियो निर्माणमा भने यसको निर्माणपक्षले कुनै कञ्जुस्याँई गरेन ।

भिडियोका निर्देशक कविराज गहतराजका अनुसार, नायक पल शाहलाई दोहोरो भूमिकामा देखाउन निकै गाह्रो भएको थियो । याक एन्ड यती होटलमा करिब २४ घन्टा लगाएर यो भिडियो खिचिएको हो । 

भिडियोमा नायक पल शाहको साथमा सिक्किमेली मोडल छुकेला शेर्पाले अभिनय गरेकी छिन् ।

भिडियो निर्देशक कविराज गहतराज भन्छन् –‘पललाई दोहोरो भूमिकामा देखाउन दुइवटा क्यामेरा प्रयोग गरिएको होइन । मुभमेन्ट सर्टका लागि हामीले ग्रिन म्यापमा राखेर खिचेका छौं । मुभमेन्ट सर्टका लागि केही गाह्रो हुन्छ । अरु ठाउँमा हामीले डमी कलाकार राखेर दुई पटक खिचेका छौँ ।’

यो भिडियोमा कैलाश राईले लगानी गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि