जेठ ०२, २०८१, बुधबार
               

आज स्वर सम्राट नारायण गोपालको ३०औँ स्मृति दिवस मनाइँदै

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (१९ गते शुक्रबार) स्वर सम्राट नारायण गोपालको आज ३०औँ स्मृति दिवस विधिगतरुपमा मनाइँने भएको छ । विगत १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका उनको २०४७ मंसिर १९ गते निधन भएको थियो ।

उनै लोकप्रिय गायकको सम्झनामा आज भर्चुचल कार्यक्रम गरी स्मृति दिवस मनाइँने भएको हो । २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका उनले त्यसपछि गायन यात्रालाई निरन्तरता दिएका थिए । नारायण गोपालले १३६ वटाभन्दा बढी गीतमा आवाज दिएका छन् ।

उनले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिएका छन् । नारायण गोपालका मलाई नसोध कहाँ दुख्छ घाउ, दुईटा फूल देउरालीमा, जुन फूल मैले रोजेको थिएँ, एउटा मान्छेको मायाँले, म त लाली गुराँस भएछु, तिम्रोजस्तो मुटु मेरो पनि , मैले पुण्य मन पराएँलगायत दर्जौनौँ गीत आम जनताको मनमा बसेका छन् ।

यो पनि