जेठ ०३, २०८१, बिहीबार
               

रहेनन् बलिउड स्टार आसिफ, धर्मशालामा मृत भेटिए

एजेन्सी
कात्तिक २७, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता आसिफ बसरा धर्मशालामा मृत भेटिएका छन् । 

उनले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । यद्यपि, घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन । 

हिमाचल प्रदेशको काँगडास्थित एक धर्मशालामा उनको शव भेटिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

बसरा पछिल्लो पाँच वर्षदेखि म्याक्लोडगन्जस्थित एक घरमा भाडामा बस्दै आएका थिए । उनीसँग एक विदेशी महिला पनि बस्थिन् । 

आसिफ बसरा मौलिक र फरक अभिनयका कारण बलिउडका रुचाइएका कलाकार हुन् । 

उनले परजानिया, ब्ल्याक फ्राइडे, वन्स अपन अ टाइम इन मुम्बई, कृष–३, एक भिलेन, जब वी मेट आदि चलचित्रमा काम गरेका छन् । 

उनका थुप्रै टिभी सिरियल पनि प्रशारित छन् ।


कस्तो लाग्यो ?

यो पनि