बैशाख २२, २०८१, शनिबार
               

यशराजले ५० रुपैयाँमा हलमा फिल्म देखाउँदै

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

नयाँ दिल्ली । कोरोना भाइरस महामारीका कारण भारतका सिनेमा घरमा कुनै पनि फिल्मले व्यापार गर्न सकेका छैनन् । भारतमा करीब ७ महिनादेखि बन्द रहेका सिनेमा घरहरु खुला त गरियो । तर, दर्शक फिल्म हेर्न हलसम्म पुगेका छैनन् ।

यता फिल्म हल मालिक दर्शकलाई सिनेमा घरसम्म बोलाउने प्रयास गरिरहेका छन् । भारतमा सिनेमा घरका चेन पीवीआर, आइनोक्स र सिनेपोलिसले यस दिपावलीमा यशराज फिल्मको ५० वर्ष पुराना फिल्म देखाउने निर्णय गरेका छन् ।

यता यशराज फिल्मसले पनि मल्टिप्लेक्स हललाई सहयोग गर्ने निर्णय गरेको छ । यसले सिनेमा घरमा पुनः दर्शक आउने आशा गरिएको छ ।

लामो समयको छलफलपछि सिनेमा घरमा टिकटको ५० रुपैयाँ तय गरिएको छ । अब दर्शकले केवल ५० रुपैयाँमै फिल्म हेर्न पाउनेछन् ।कोरोना भाइरसका कारण भारतीय फिल्म बजार पूर्ण रुपमा प्रभावित भएको छ । सात महिनासम्म सिनेमा घर बन्द रहेका थिए ।

यशराज फिल्मसले सबै वितरकलाई सिनेमा घरमा दर्शक आउन् भनेर सस्तोमा फिल्म देखाउन प्रस्ताव गरेको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि