जेठ ०३, २०८१, बिहीबार
               

अर्जुन रामपालको घरमा लागुऔषध ब्युरोको छापा

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

मुम्बई । बलिउड ड्रग कनेक्सन केशमा अभिनेता अर्जुन रामपाल पनि मुछिएपछि उनको घरमा लागुऔषध ब्युरोले छापा मारेको छ । रामपालको मुम्बईस्थित घरमा एनसीबीका अफिसरहरु छापा मार्न गएका हुन् ।

सोमबार बिहान अर्जुन रामपाल एनसिबीको कार्यालयमा पुगेका थिए । उनको घरमा पनि अधिकारीहरुले छापा मारेका हुन् । सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा ड्रग्स कनेक्सनमाथि अनुसन्धान जारी छ । एनसिबीले फिल्म उद्योगमा जोडिएका धेरै सेलिब्रेटीको घरमा छापा मारिसकेको छ ।

पछिल्लो महिना अर्जुन रामपालकी गर्लफ्रेन्डलाई ड्रग्सको केशमा पक्राउ गरिएको थियो । यो केशमा एनसिबीले सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्ती सहित २३ जनालाई पक्राउ गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि