जेठ ०४, २०८१, शुक्रबार
               

महामारीमा उत्कृष्ट काम गरेका सुनिल सेट्टीलाई 'भारत रत्न अम्बेडकर'

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोना महामारीका बेलामा आममानिसको दुखमा सहयोग गर्नमा उत्कृष्ट प्रदर्शन गर्ने बलिउड स्टारहरूमध्ये एक हुन् सुनील सेट्टी । कोरोना महामारीका बेला राहत कार्यमा गरेको योगदानको सम्मानका लागि उनलाई 'भारत रत्न डा. अम्बेडकर पुरस्कारबाट सम्मान गरिएको छ ।

शनिबार साँझ राजभवनमा महाराष्ट्रका गभर्नर भगतसिंह कोश्यारीले सेट्टीलाई पुरस्कारबाट सम्मानित गरे । कोरोना संकटमा सेट्टीले मुम्बई डब्बावालाहरूको लागि बृहत्तर रूपमा काम गरेका थिए ।

यसका अतिरिक्त उनले महिला सशक्तीकरण र पशु कल्याणका लागि जागरूकता अभियान पनि सुरू गरेका छन् । भारत रत्न डा. अम्बेडकर पुरस्कारप्राप्त गरिसकेपछि सेट्टीले भने, 'याद राख्ने कामहरू गर्नुहोस् । मद्दत गर्नुहोस् र बिर्सनुहोस्, स्विकार गर्नुहोस र सधैं सम्झनुहोस् ।'

जुन - जुलाई महिनामा सेट्टीले शहरका डब्बावालाहरूलाई सहयोग गरे । उनले खानाले भरिएका ट्रकहरूलाई पुणे पठाइदिएका थिए । सम्झिनुपर्ने कुरा के भने सेट्टीले बलिउड उद्योगमा आफ्नो जीवन बिताएको २८ वर्ष पूरा भएको छ ।

सन् १९९२ मा उनले फिल्म 'बलवान'बाट आफ्नो करियर सुरुवात गरे । उसको करिअरमा यस यात्रामा एकदेखि एक ठूलो हिट फिल्महरू सामेल छन् ।उनले अक्षय कुमारसँग मात्रै करिब एक दर्जन फिल्ममा काम गरेका छन् । हालै सेट्टीले 'धड़क २' बनाएका छन् भने उनी र अक्षय कुमारसँगै हुनुपर्ने बताएका थिए ।

१९९४ मा, 'मोहरा' सुनील सेट्टीको करियरमा हिट फिल्म साबित भएको थियो। यसमा अक्षय कुमार र रबिना टण्डन पनि थिए । यसपछि सेट्टी 'गोपी किसन' मा दोहोरो भूमिकामा देखा परे ।

सेट्टीको छवि एक एक्सन हिरोको हो तर उनले श्रोतालाई कमेडी जानराको फिल्म पनि दिए । उनले 'हेराफेरी', फिर हेराहेरी 'ये तेरा घर ये मेरा घर', र 'दे दनादन' जस्ता कमेडी फिल्ममा उत्कृष्ट अभिनय गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि