जेठ ०३, २०८१, बिहीबार
               

आदित्य नारायण प्रेमीका श्वेता अग्रवालसँग लगनगाँठो कस्दै

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

मुम्बई । गायक आदित्य नारायण झाको विवाहको तयारी सुरु भएको छ । केही दिन अगाडि प्रेमीका श्वेता अग्रवालसँग विवाह गर्ने बताएका आदित्यको घरमा विवाहको तयारी समेत सुरु भएको छ । जसको अनुमान उनले अहिले सार्वजनिक गरेको तस्बिरबाट लगाउन सकिन्छ ।

अहिले आदित्यको रोका सेरेमनीको तस्बिर बाहिर आएको छ । तस्बिरमा आदित्य तथा श्वेता दुबै तर्फका परिवार सदस्य एकसाथ देखिएका छन् । 

तस्बिरमा आदित्यले ग्रे शर्ट र डेनिम लगाएको देख्न सकिन्छ । श्वेता भने पिङ्क सलवार सुटमा निकै सुन्दर देखिएकी छन् । तस्बिरमा आदित्य र श्वेता एकसाथ सगुन समेत लिएर बसेको देख्न सकिन्छ । तस्बिर सोशल मिडियामा भाइरल भैरहेका छन् । 
गत मंगलबार मात्र आदित्यले आफ्नो इस्टाग्राममा विवाहको घोषणा गर्दै श्वेतासँगको तस्बिर सार्वजनिक गरेका थिए ।

उनले श्वेतसँगको तस्बिरका साथ लेखेका थिए ‘हामी बिवाह गर्दैछौँ । म दुनियाँको सबैभन्दा भाग्यमानी केटा हुँ । किनभने श्वेता मलाई मिलिन् । उनीसँग ११ वर्ष पहिले भेट भएको थियो । अब डिसेम्बरमा विवाह हुँदैन ।

आदित्यले विवाहको तयारीका लागि सामाजिक संजालबाट ब्रेक लिएको समेत बताएका थिए । 

आदित्य र श्वेताको पहिलो पटक १० बर्ष अगाडि फिल्म ‘शापित’को सेटमा भेट भएको थियो । यहीँबाट दुबैको प्रेम सुरु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि