बैशाख १७, २०८१, सोमबार
               

रहेनन् बलिउड अभिनेता फराज खान

एजेन्सी
कात्तिक १९, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता फराज खानको ४६ वर्षको उमेरमा मृत्यु भएको छ ।

बुधबार अभिनेता खानको बेलगुरुस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

लामो समयदेखि अस्वस्थ रहेका उनको मृत्यु भएको अभिनेत्री पूजा भट्टले जानकारी दिएकी छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत खानको मृत्यु भएको जानकारी दिँदै दुःख समेत व्यक्त गरेकी छन् ।

‘भारी मनका साथ यो खबर भनिरहेकी छु कि फराजले हामी सबैलाई छाडेर गए, उनले छाडेको रिक्त ठाउँ कसैको उपस्थितिले पनि भरिँदैन’, उनले लेखेकी छन् ।

उनले मद्दतका लागि सबैलाई धन्यवाद दिँदै दुःखद् घडीमा परीवारलाई साथ दिन समेत आग्रह गरेकी छन् ।

फराज खान एक १९९० को दशकका चर्चित अभिनेता हुन् । उनले ‘मेहन्दी’, ‘फरेब’, ‘दुल्हन बनू मैं तेरी’, र ‘चाँद बुझ गया’ जस्ता फिल्ममा काम काम गरेका थिए ।

खराब स्वास्थ्यका कारण उनी लामो समयदेखि फिल्मी क्षेत्रबाट टाढा रहँदै आएका थिए । उनको आर्थिक अवस्था पनि एकदमै कमजोर रहेको थियो । 

बेलगुरु अस्पतालमा भएको सबै खर्च बलिउडकै अर्का अभिनेता सलमान खानले व्यहोरेर सहयोग गरेका थिए ।

उनी अभिनेता युसफ खानका छोरा हुन् । 


कस्तो लाग्यो ?

यो पनि