बैशाख १७, २०८१, सोमबार
               

‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट आउने

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको यो सिरियल मंसिर २० गतेबाट भने हिमालय टेलिभिजनबाट प्रसारण गर्ने तयारी गरिएको हो ।

अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशनमा प्रसारण हुँदै आएको यो सिरियल लकडाउनका कारण केही महिनादेखि प्रसारण हुन सकेको थिएन । अब, मंसिर २० गतेबाट नयाँ भाग छायांकन गरेर प्रशारण गर्ने तयारी गरिएको यो श्रृङ्खलाका सिरिज निर्देशक दीपकप्रसाद आचार्यले जानकारी दिए ।

उनले  भने–‘हामी, अब हिमालय टेलिभिजनबाट सिरियल प्रसारणको तयारीमा छौँ । युटुब भने ओएसआरबाट नै अपलोड हुन्छ ।’

उनले, नेपाल टेलिभिजनबाट प्रसारण हुने सिरियलको बिषयमा टेलिभिजनले कहिले पनि चासो दिने नगरेको र सर्जकसँग कुराकानी पनि गर्ने शैलीको विकास नगरेको भन्दै गुनासो व्यक्त गरे ।

यो सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणी नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला,  रक्षा श्रेष्ठ सुबोध गाैतम पुरुषोत्तम आचार्य, रश्मी पाण्डे, मधुसुदन पाठक, गोविन्द कोइरालालगायतका कलाकारको अभिनय छ ।

लामो समयसम्म ‘भद्रगोल’ नामबाट प्रसारण हुँदै आएको सिरियल पछि विज्ञापन एजेन्सीको विवादपछि ‘सक्किगोनी’ नामबाट प्रसारण हुन थालेको थियो ।


कस्तो लाग्यो ?

यो पनि