बैशाख १७, २०८१, सोमबार
               

छिन्नभिन्न हुँदै छक्का पञ्जा टिम, धुर्मुस–सुन्तली पछि बाहिरिए जितु

नेपाल फ्ल्यास
कात्तिक १७, २०७७

ADVERTISEMENT

दीपकराज गिरी , दीपाश्री निरौलाको टिमबाट कलाकार जितु नेपाल (मुन्दे) बाहिरिएका छन् । हास्य कलाकारको टिमले सुरु गरेको ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्मसँगै आएका जितुले दीपक दीपाको टिमबाट अलग भएको बताएका छन् ।

लकडाउनको समयमा टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौला हटाइएपछि यि बीच मनमुटाव रहेको बुझिएको छ । दीपाश्री निरौलालाई हटाएर मुन्द्रेको कमेडी क्लबमा अध्यक्षका रूपमा करिष्मा मानन्धरलाई राखेका थिए ।

दीपक दीपाको टिमबाट जितु अघि धुर्मुस–सुन्तली (सीताराम कट्टेल– कुञ्जना घिमिरे) आउट भइसकेका थिए । ‘छ एकान ६’ र ‘वडा नं ६’ गरी दुई फिल्ममा सहकार्य गरेका धुर्मुस–सुन्तलीले तेस्रो फिल्म ‘छक्का पञ्जा’मा साथ छाडेका थिए ।

उनीहरुबाट छुट्टिएर कुञ्जना र सिताराम कट्टेलले नयाँ फिल्म ‘सेन्टी भाइरस’ निर्माण गरिसकेका छन् । जुन गत फागुनमा प्रदर्शन भइसकेको छ ।

‘तीतो सत्य’देखि सहकार्य गर्दै आएका निर्मल शर्मा पनि ‘छक्का पञ्जा’पछि दीपक–दीपाको समूहबाट अलग भएका थिए । शिवहरि पौडेलले पनि ‘छ माया छपक्कै’देखि अलग भइसकेका छन् । उनले दीपक दीपाको समुहबाट अलगिएर किरण केसीको समूहतर्फ लागेका छन् । छक्का पञ्जा टिम छोडेर किरण केसीको फिल्म ‘लक्का जवान’मा निर्देशन गरिसकेका छन् ।

कोेरोना महामारीका कारण फिल्म प्रदर्शन हुन सकेको छैन । यस फिल्ममा शिवहरी पौडेलको पनि लगानी रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि