बैशाख १७, २०८१, सोमबार
               

हलमा फ्लप ‘१२ मासे’ ले युट्युबमा हिट

नेपाल फ्ल्यास
कात्तिक १७, २०७७

ADVERTISEMENT

काठमाडौं । हलमा दर्शक नपाएको फिल्म ‘१२ मासे’ले युट्युवमा भने राम्रो दर्शक पाउन सफल भएको छ । दशैको अवसर पारेर हाइलाइट नेपालले आफ्नो युट्युबबाट सार्वजनिक गरेको फिल्म युट्युब ट्रनिङमा समेत आउन सफल भएको छ ।

जुवातासमा बरालिने युवा तथा बृद्धहरुको कथामा बनेको फिल्ममा प्रदीप पाठकको लेखन तथा निर्माण रहेको छ । फिल्मका निर्देशक लय संग्रौला हुन् ।

जयकिशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला, सवनम दाहाल, राधा श्रेष्ठलगायत कलाकारको अभिनय फिल्ममा छ । 

अर्जुन पोखरेल, कल्याण सिंहको संगीत, बासु न्यौपानेको छायाँकन रहेको फिल्मलाई अनन्त घिमिरेले सम्पादन गरेका हुन् ।
 


कस्तो लाग्यो ?

यो पनि