बैशाख १७, २०८१, सोमबार
               

टाढा र ज‌ंगलको बाटो स्कुल जानुपर्ने हजाराैँ विद्यार्थीलाई साइकल बाँड्दै अभिनेता सोनु

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

मुम्बई । अभिनेता सोनु सुदको सामाजिक कामको सिलसिला लगातार जारी रहेको छ । उनी जहिले पनि अरुको सेवा गर्न अगाडि सर्ने गर्दछन् । उनी सामाजिक सञ्जालमा पनि निकै एक्टिभ छन् । जो उनलाई सहयोगको आग्रह गर्दछन् तुरुन्त सहयोगका लागि उनी पुग्ने गर्दछन् ।

सोनुले उत्तर प्रदेशको मिर्जापुर ताथ सोनभद्र जिल्लाका हजारौं केटीका लागि साइकल दिने भएका छन् । सन्तोष चौहान नामको एक ब्यक्तिले ट्विटरमा सोनुलाई ट्याग गरेर सहयोग मागेका थिए । ‘उत्तर प्रदशेको मिर्जापुर सोनभद्र जिल्लामा यस्ता हजारौं केटी छन् । जसले बाध्य भएर ५ कक्षापछि पढाइ छोड्नुपर्छ’ चौहानले भनेका थिए ।

चौहानले अगाडि भनेका थिए– ‘सोनूजी गाउँमा ३३ केटी छन् । जसलाई पढ्न ८ देखि १५ किलोमिटर जंगलको बाटोबाट हिँड्नुपर्छ । केहीको साथमा मात्र साइकल छ । यो नक्सल प्रभावित बाटो हो । डरका कारण उनीहरुको परिवार अगाडि पढ्न दिँदैनन् । यदि तपाईले यी सबैलाई साइकल दिन सक्नुभयो भने सबैको भविष्य सुध्रिन्थ्यो ।’

सन्तोषको यस ट्वीटको जवाफमा सोनुले सबै केटीलाई साइकल दिने भरोशा दिलाएका थिए । उनले जवाफमा लेखे–‘गाउँका हरेक केटीको साथमा अब साइकल हुन्छ । परिवारलाई भनिदिनु साइकल आउँदैछ । चिया तयार राख्नु ।’
सोनुको यस ट्वीटलाई उनका फ्यानले निकै लाइक बर्साएका छन् । उनको यो सहयोगी भावनालाई फ्यानले तारिफसमेत गरेका छन् ।

सोनुले अहिलेसम्म धेरै मानिसलाई जीवनदान दिएका छन् भने धेरै जीवनमा खुसी ल्याइदिएका छन् । कामको कुरा गर्ने हो भने सोनु छिट्टै फिल्म ‘पृथ्वीराज’ मा देखिँदैछन् ।  यो फिल्ममा अक्षयकुमार, मानुषी छिल्लर, सञ्जय दत्त र आशुतोष राणाको समेत मुख्य भूमिका रहनेछ ।


कस्तो लाग्यो ?

यो पनि