बैशाख १७, २०८१, सोमबार
               

भिटेनले मागे माफी : अब संशोधित भिडियो सार्वजनिक गरिने

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

काठमाडौं । आपत्तिजनक शब्द प्रयोग गरेर ‘पारा’ गीत सार्वजनिक गरेपछि प्रहरीको खोजीको सूचीमा रहेका गायक समिर घिसिङ ‘भिटेन’ले माफी मागेका छन् ।

गीतमा प्रयोग भएका शब्दको विषयलाई लिएर बिभिन्न विवाद भएपछि भिटेनले सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै माफी मागेका हुन् ।

गीतमा प्रहरीसमेत गाली गरिएको भन्दै प्रहरीले उनलाई खोज्न थालेपछि गीतको भिडियो युट्युबबाट समेत हटाइएको छ ।

‘गीतमा आपत्तिजनक शब्द हटाएर संशोधित गीत छिट्टै आधिकारीक च्यानलबाट सार्वजनिक गर्न छु’ भिटेनले विज्ञप्तिमा अगाडि भनेका छन् ‘सम्बन्धित निकाय र महानुभावलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधा र चोट प्रति क्षमायाचना गर्दछौँ ।’


कस्तो लाग्यो ?

यो पनि