बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरण हुँदै ड्रग्स मुद्दामा मुछिएकी भारतीय अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा भएकी छन् ।
मुम्बई उच्च अदालतले उनलाई सशर्त जमानत दिएको हो ।
रियाका भाइ शोविकले गरेको जमानतको अपिल भने अदालतले अस्वीकार गरेको छ ।
रिया एक लाख रुपैयाँ र पासपोर्ट धरौटीमा राखेर (अनुसन्धान अधिकारीले खोजेको बेला हाजिर हुने सर्तमा) रिहा भएकी हुन् ।
उनले मुम्बईभन्दा बाहिर जान पनि अनुमति लिनुपर्ने छ ।
११ सेप्टेम्बरमा एक विशेष अदालतले उनीहरुको जमानतको निवेदन खारेज गरेको थियो । रिया ८ सेप्टेम्बरमा पक्राउ परेकी थिइन् ।
सुशांत सिंह राजपूतको आत्महत्याबारे अनुसन्धान भइरहँदा रियामाथि लागू औषध खरिद गरेको अभियोग लागेको छ ।
अदालतले सुशान्त सिंहको घरमा काम गर्ने दिपेश सावन्त र स्यामुअल मिरान्डालाई पनि जमानत दिएको छ ।