बैशाख १८, २०८१, मंगलबार
               

बलिउड अभिनेता अजय देवगनका भाइ अनिलको मृत्यु

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतीय बलिउड अभिनेता अजय देवगनका भाइ अनिलको मृत्यु भएको छ । अभिनेता अजयले आफ्ना भाइ अनिलको मृत्यु भएको जानकारी आफ्नो ट्वीटरमार्फत लेखेर दिएका छन् ।

अजयले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘हिँजो राती मैले मेरो भाइ अनिल देवगनलाई गुमाएको छु, उनको असामयिक निधनले हाम्रो परिवार विक्षिप्त छ, अजय देवगन फिल्म्स र मलाई उनको कमीले सताइरहनेछ, आत्माका लागि प्रार्थना गर्नुहोस् ।’

अनिलको मृत्युमा नायिका प्रियंका चोपडाले पनि दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली दिएकी छन् ।


कस्तो लाग्यो ?

यो पनि