बैशाख १८, २०८१, मंगलबार
               

मोटीघाटी मायामा पुष्प र सुमी (भिडियो)

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणको लागि नेपालमा लकडाउन घोषणा भएयता कुनै पनि नेपाली फिल्म प्रदर्शन भएको छैन । 

यसबीचमा केही कलाकारहरु म्युजिक भिडियो तथा अन्य रियालिटी शोहरुमा व्यस्त छन् । 

अभिनेता पुष्प खड्का म्युजिक भिडियोमा व्यस्त छन् । त्यस्तै एक्सनस्टारको रुपमा परिचित अभिनेत्री सुमी मोक्तान पनि म्युजिक भिडियो तथा डान्सिङ रियालिटी शो मा व्यस्त छिन् ।

यसैबीच, यी दुबै जनाको संयुक्त अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । मोटीघाटी माया बोलको गीतमा पुष्प र सुमीले अभिनय गरेका छन् ।

गीतमा मेलिना राई र कोशिश क्षेत्रीको स्वर रहेको छ । कम्पोज पनि कोशिशले नै गरेका हुन् । गीतमा लेखु सहयात्रीको शब्द र उदयराज पौडेलको एरेन्ज रहेको छ । 

भिडियोमा उत्तम हुमागाइँको सिनेमाटोग्राफर रमेश थापाको सम्पादन सुरेन्द्र बस्यालको कोरियोग्राफर र हरि हुमागाइँको निर्देशन रहेको छ ।

पछिल्लोपटक पुष्प फिल्म मारुनीमा देखिएको थिए भने सुमी फिल्म सरौतोमा देखिएकी थिइन् ।

यो पनि