बैशाख १८, २०८१, मंगलबार
               

ज्योती गुरुङका कलमी हातले कोरेका मर्मस्पर्सी शब्द बजारमा

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

काठमाडौं । विदेशी भूमिमै रहेर नेपाली सांगीतिक क्षेत्रलाई मौलिकतातर्फ फर्काउने उद्देश्यले ज्योती गुरुङका कलमी हातले कोरेका मर्मस्पर्सी शब्द एवं ‘यो कस्तो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । ‘न सहारा दिन्छ तिम्रो मायाले, न छुट्करा दिन्छ तिम्रो मायाले ।’ ‘यो कस्तो माया लाएछु मैले, न छुट्न सकिन्छ, न जुट्न सकिन्छ ।

‘यी शब्दले कुनै पनि मायाप्रेममा बाँधिएका सुन्दर जोडीको जिवनका भोगाइमा मेल खान्छ । हुन पनि मायाप्रेमका विभिन्न विषयमा यस्तै हुने गर्दछ । उक्त गीतकी रचनाकार  गुरुङले यस गीतमार्फत विदेशमै भए पनि प्रवासबाटै सांगीतिक क्षेत्रमा मौलिकताको बाटो पछ्याएकी हुन् । स्याङ्जा जिल्लाकी गीतकार गुरुङ केही वर्ष अगाडिदेखि रोजगारीको सिलसिलामा युकेमा बस्दै आएकी छन् । 

आफू प्रवासमै भए पनि आफू जन्मिएको देश नेपाल र मौलिक गीत संगीतको मोहले तानेपछि यस ‘यो कस्तो माया’ नाम गरेको हरेक मायाप्रेममा गाँसीने जोडीका यथार्थ विषयलाई चित्रण गरेर गीत बजारमा ल्याएको रचनाकार गुरुङले बताइन् ।

उनका कलमी हातले कोरेका प्रेम प्रसंगका शब्दको गीतमा चर्चित गायिका मेलिना राईले समधुर आवाजमा स्वर दिएकी छन् ।गीतमा गायक तथा संगीतकार अर्जुन सुनामले संगीत दिएका छन् । साथै, बिबी अनुरागीले संगीत संयोजन गरेका छन् । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतलाई श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको छ ।

गीतको मर्म र शब्दको भाव अनुसार नै कडा मिहेनतले गीतमा संगीत भरेको संगीतकार अर्जुन सुनामले बताए । जेजी क्रियशनको युट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । युकेकै विभिन्न रमणिय स्थानमा उक्त भिडियो छायांकन गरिएको गीतकार गुरुङले जानकारी दिइन् । प्रायः नेपाली गीत संगीतको भिडियो विदेशमा छायांकन भएर बजारमा आएको कमै मात्रामा भेटिन्छ ।

यसैगरी कुशल श्रेष्ठले उक्त भिडियो निर्माण गरेका हुन् । श्रेष्ठले निर्देशन, छायांकन र सम्पादन समेत एक्लै गरेका छन् । त्यस्तै, धुर्व निरौला, निरु कोइराला, आस्था जोशी र बाल कलाकार स्वस्था जोशी बटाजुको त्यस भिडियोमा अभिनय रहेको छ ।

यस गीत रेकर्डिङदेखि भिडियो निर्माणसम्म नेपालबाट गीतकार तथा राष्ट्रि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले महत्वपूर्ण भूमिका निभाएर सहयोग गरेको गीतकी रचानाकार ज्योती गुरुङले बताइन् । उनले सुरुमै नेपालबाट आफूलाई युके जानमा पनि अध्यक्ष बिजीको महत्वपूर्ण साथ एवं भूमिका रहेकोसमेत जानकारी दिइन् ।

आगामी दिनमा पनि यस सांगीतिक क्षेत्रदेखि विविध विषयमा रमेश बिजीकै साथ र सहयोगले अघि बढ्ने आशा लिएको बताइन् । ‘उहाँको धेरै महत्वपूर्ण भूमिकाबाट म यो स्थानमा आएको छु, बाँकी दिनमा पनि उहाँकै साथले सांगीतिक क्षेत्रमा अघि बढ्ने आशा लिएको छु’, गुरुङले भनिन् ।

कलाकार बन्न चाहने र नेपाली गीत संगीतको मौलिकतालाई कदर गर्नेलाई हरेक कोणबाट साथ दिने अध्यक्ष रमेश बिजीले बताए । यस ‘यो कस्तो माया’ गीतले नेपाली गीत संगीतको मौलिकता बोकेको उनले जिकिर गरे । विदेशी भूमिमा रहेर पनि ज्योतीको नेपाली गीत संगीतको चासो र मोहप्रति आफूलाई गर्वको महसुस् भएको बिजीले बताए । 

 

यो पनि