बैशाख १८, २०८१, मंगलबार
               

चाम्सको लभ स्टोरी चलचित्रमा साम्राज्ञी पक्का

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

पछिल्लो समय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले लगातार चलचित्र साइन गरिरहेकी छिन् । लकडाउनपछि नै उनले ३ वटा चलचित्र साइन गरेसकेकी छिन् ।

साम्राज्ञीले एक चलचित्रमा मनिष राउत र आना शर्मासँग स्कृन सेयर गर्दैछिन् । यस चलचित्रको नाम पक्का भएको छैन । साम्राज्ञीले नायक पल शाहसँग चलचित्र ‘रेड वाइन’मा काम गर्ने पक्का गरेकी थिइन् ।

यस्तैमा, साम्राज्ञीले निर्देशक मिलन चाम्सको चलचित्र पनि साइन गरिसकेकी छिन् । निर्देशक चाम्स साम्राज्ञीसँग लिखित सम्झौता नै भइसकेको बताउँछन् ।

लभ स्टोरी कथामा बन्न लागेको चलचित्रको स्क्रिप्टको काम अन्तिम चरणमा पुगेको छ । चलचित्रको छायांकन अर्को बर्षको सुरुवातमा हुनेछ । यो चलचित्रको छायांकन यूरोपमा गर्ने तयारी चाम्सको छ ।

चलचित्रमा साम्राज्ञीको जोडीका रुपमा एक नव-नायक अडिसनबाट लिइने चाम्स बताउँछन् ।

यो पनि