बैशाख २१, २०८१, शुक्रबार
               

रिया चक्रवर्तीको जमानत आग्रह अदालतद्वारा खारेज

एजेन्सी
भदौ २६, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता सुशान्तसिंह राजपूत आत्महत्या प्रकरणमा जोडिएको ड्रग्स (लागूपदार्थ) मामिलासम्बन्धी मुद्दामा पक्राउ परेकी बलिउड अभिनेत्री रिया चक्रवर्तीको जमानतको आग्रहलाई मुम्बईको विशेष अदालतले खारेज गरेको छ ।

अदालतले उनका भाइ शौविक चक्रवर्तीसँगै अन्य आरोपित अब्दुल बासित, जैद विलात्र, दीपेश सावन्त र समुएल मिरन्दाको जमानत अनुरोध पनि खारेज पनि गरेको छ ।

रियाले एनसिबीसँग ड्रग किनेको स्वीकारेकी छन् । आफू र सुशान्तलाई सेवन गर्नका लागि ड्रग किनेको उनको दाबी छ । 

विशेष अदालतले जमानत नदिएपछि रिया चक्रवर्तीका वकिलले सोमबार मुम्बई उच्च अदालतमा जमानतका लागि अनुरोध गर्ने बताएका छन् । उनले विशेष अदालतको आदेशको प्रतिलिपि पाउने बित्तिकै थप कारबाहीको लागि उच्च अदालत जाने बताए । 

सबै व्यक्तिहरुलाई सुशान्तसिंह राजपूतको मृत्युसम्बन्धी लागूपदार्थको मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्यूरोले पक्राउ गरेको थियो । अदालतले रियालाई १४ दिनका लागि २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा पठाएको थियो।

अदालतले जमानत दिन अस्वीरकार गरेसँगै रिया सोमबारसम्म जेलमै रहने भएकी हुन् । उहिले उनीहरुलाई भायकुला जेलमा राखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि