बैशाख २१, २०८१, शुक्रबार
               

'प्रेम गीत ३' निर्देशक छेतेन गुरुङको निधन

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

चलचित्र निर्देशक छेतेन गुरुङको निधन भएको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र 'प्रेम गीत ३'का निर्देशक गुरुङको मङ्गलबार राति मेट्रो हस्पिटल महाराजगन्जमा निधन भएको हो ।

केही दिनअघि उनी अस्पताल भर्ना भएका थिए । कलेजोमा समस्या देखिएका उनको उपचारको क्रममा नै निधन भएको हो । उनको निधनबारे निर्माता सन्तोष सेनले जानकारी दिएका हुन् । परिवारका अनुसार बिहीबार छेतेनको अन्त्येष्टि गरिने छ ।  

छेतेनले नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्र लेखेका र ‘डम्बरुको डन्डिबियो’, ‘प्रेम गीत ३’ जुन कोरोनाको कारण रिलिज हुन सकेन र हाल ‘हुतुतु’ को तयारीमा रहेका थिए । उनले डम्बरुको डन्डिबियोबाट निर्देशनमा हात हालेका थिए ।

छेतेनले निर्देशन गरेको पछिल्लो चलचित्र प्रेमगीत ३ कोरोना सङ्क्रमण बढेसँगै भएको लकडाउनका कारण रिलिज हुन पाएको थिएन । 


कस्तो लाग्यो ?

यो पनि