बैशाख २१, २०८१, शुक्रबार
               

बाढी पीडितको लागि गायिका शितल शर्माको यस्तो अभियान

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । दुःख पाएका बाढी पीडितको लागि गायिका तथा सञ्चारकर्मी शितल शर्मा आर्थिक संकलन अभियानमा अघि बढेकी छन् । केही दिनअघि बागलुङको ढोरपाटन नगरपालिकामास्थित ९ नम्बर वडामा गएको ठूलो बाढी पहिरोले धेरै जनधनको क्षेति भएपछि त्यहाँका बाढी पीडिहरुका लागि उनि यस अभियानका खटिएकी हुन् ।

अभियानमा खटिए लगत्तै उनले केही रकम संकलन पनि गरिसकेकी छन् । सञ्चारकर्मी तथा गायिका शर्मा आर्थिक सहयोग संकलन अभियानमा जुटेपछि उनकाे त्यस ठाउँमा प्रशंसा पनि भएको छ । ढोरपाटन नगरपालिका भइ बग्ने भूजीखोलाको बाढीले ठूलो क्षति गराएको छ ।

गत भदौ १७ गते रातिको समयमा ढोरपाटन नगरपालिका– ९ मा आएको बाढीका कारण घर तथा आफन्तबिहीन भएका परिवारको लागि गायिका शर्मा आर्थिक संकलन अभियानमा जुटेको उनको भनाइ छ । उनले देश तथा विदेशमा रहेका नेपालीहरुमा सहयोग अभियान चलाएको बताइन् ।

अहिलेसम्म शर्माले एक लाखभन्दा बढी रकम संकलन गरिसकेको समेत जानकारी दिइन् । उक्त बाढीले बगाएर लगेको तीनवटा शव गुल्मी जिल्लामा समेत फेला परेको थियो । उक्त ढोरपाटन नगरपालिका गायिका शर्माको आफ्नै पनि गृह क्षेत्र पर्दछ ।
 


कस्तो लाग्यो ?

यो पनि